गीतकार तथा संगीतकार किरण भण्डारीलाई “हुलाकी” मार्फत यस्तो खबर आएपछि [हेर्नुहोस भिडियो सहित]

पूजा बानियाँ

काठमाडौँ, ९ कार्तिक : अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका गायक बिष्णु हरी पौडेलले “हुलाकी” बोलको गीत हालसालै सार्बजनिक गरेका छन् । अष्ट्रेलियामानै निकै लामो समयदेखि संगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतले प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

हुलाकीले आफ्नो देश, आफन्तजन, र बिशेषगरिकन मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहेनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुड सम्झेर सधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ बिम्बात्मक रुपमा गीतको माध्यमबाट उजागर गर्न खोजिएको छ ।

खास गरि चाडबाडका बेलामा आफ्नो घर परिवारजनबाट टाढिएको परिवेशलाइ मार्मिक रुपमा प्रस्तुत गर्न खोजिएको यो गीत धेरै भन्दा धेरै नेपालीहरुको बिद्द्यमान प्रवासीपन संग मेल खाने र सबैको मन मस्तिस्कमा गुञ्जने अपेछ्या राखेको यस गीतका सर्जक भण्डारीले बताए । बिगत १६ बर्ष देखि गीत संगीतमा लागि परेका किरणले यस अघि पनि समसामयिक गीतहरु युट्युब मार्फत सार्बजनिक गरि सकेका छन् । स्मरण रहोस उनि १० बर्ष यता अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

सुन्नुहोस यो मिठो गीत :

प्रतिक्रिया