गीत रिलिज कार्यक्रममा सलमान खानले कैटरिनाको सारी मिलाईदिएपछि तस्बिर भयो भाइरल

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला उनको नयाँ चलचित्र ‘भारत’ लाई लिएर निकै चर्चामा छन्। यस फिल्ममा कैटरिना र सलमान खानको मुख्य भूमिका देखिएको छ । केही दिन अघि मात्रै फिल्म भारतको नयाँ गीत ‘जिंदा’ को रिलीज गरिएको थियो।

उक्त गीत सार्वजनिक गर्ने कार्यक्रममा सलमान र कैटरिना पुगेका थिए। यस क्रममा सलमानले कैटरिनालाई यस्तो गरे, जसको चर्चा बलिउडमा अहिले पनि जारी छ।

उक्त कार्यक्रममा यस्तो दृष्य देख्न पाइयो जसको फ्यानले कल्पनासम्म पनि गरेका थिएनन्। कार्यक्रममा कैटरिना साडी लगाएर आएकी थिइन्, कैटरिनाको साडी केही बिग्रिएको थियो। साडी बिग्रिएको देखेपछि सलमान खानले निहुरिएर साडी मिलाउन थाले।

साडी बनाउँदै गरेको सलमान खान र कैटरिनाको तस्वीर यतिबेला भाइरल भइरहेको छ। उक्त तस्वीर देखेपछि मानिसहरुले भिन्दा भिन्दै अनुमान लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू