गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला

admin

काठमाडौँ, असोज २५ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । कांग्रेस सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा/धूजा पारेर च्यात्ने काम भएको बताउनुभयो ।

‘कोइरालाले विधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउँनुपर्ने अवस्था छ । जिल्ला पिच्छे फरक(फरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरु जसरी पनी पार्टी कब्जाको अभियानमा छन।’ बताउनुभयो ।

इतिहासमा कांग्रेसको अधिवेशन प्रहरीको धेराबन्दीमा भएको थाहा नभएको भन्दै सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको कोइरालाले बताउनुभयो ।

सुन्दरहरैंचा नगर मोरङ्को नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको पनि बताउनुभयो ।

कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताउनुभयो । कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो।

प्रतिक्रिया