गुठी विधयेक संशोधनमा सघाउँदै कामनपा

admin

काठमाडौं, साउन १३:  गुठी विधयेक संशोधनमा सघाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासंग छलफल थालेको छ । सरकारले गुठी विधयेक पुनः परिमार्जन गरी पेश गर्ने आन्तरिक तयारी गरिरहेको समयमा महानगरपालिकाले गुठीयारसंग नियमित छलफल थालेको हो ।

सरकारले गुठी विधेयकलाई परिमार्जन गरी ६ महिनापछि हुने हिउँदे अधिवेशनमा पेश गर्दैछ । त्यसमा आन्दोलनरत गुठीयारको भावनालाई सम्बोधन गराउन सुझाव संकलन गर्न थालेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

महानगरपालिकाको सम्पदा र पर्यटन समितिले ज्यापू महागुथि नगरसमितिको व्यवस्थानपनमा बृहत गुठीयारको बृहत भेला गरिसकेको छ । यस भेलालाई निरन्तरता दिँदै छलफलबाट निस्किएको निचोड सरकारसमक्ष बुझाउने महानगरपालिकाको तयारी छ । यसका लागि विभिन्न गुठीयारसंग नियमित छलफल गरिने महानगरपालिका सम्पदा समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

प्रतिक्रिया