गुडिरहेको मोटरसाइकलबाट खस्दा युवतीको मृत्यु

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १९ साउन : गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजीक आज बिहान बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिनुभयो । मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।

प्रतिक्रिया