गुल्मीको पहिरोमा परेकालाई सहयोग गर्न राहत सङ्कलन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ९ साउन: गुल्मीको सत्यवती गाउँपालिका–४ लुम्पेक र लिम्धामा मङ्गलबार गएको पहिरोमा परेकालाई सहयोग गर्नका लागि काठमाडौँमा रहेका गुल्मेली राहत सङ्कलनमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको आज यहाँ भेला गरी राहत सङ्कलनमा जुट्न आग्रह गरेको हो ।

भेलाले श्रीप्रसाद पाण्डे र शङ्कर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । भेलाले सरकारलाई राहत उपलब्ध गराउन, दीर्घकालीन व्यवस्था गर्न र काठमाडौँमा रहेका गुल्मेलीलाई राहत सङ्कलनमा गर्न आग्रह गरेको नेकपाका गुल्मी इञ्चार्ज एवं प्रदेश सांसद दिनेश पन्थीले जानकारी दिनुभयो ।

भेलामा रु सात लाख सङ्कलन गरिएको राजेन्द्र अर्यालले जानकारी दिनुभयो । भेलामा पूर्वसांसद फतिक थापाले विपद्को घडीमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । मङ्गलबार गएको पहिरोमा परी १२ जनाको ज्यान जानुको साथै ६०० घरपरिवार विस्थापित भएका छन् । रासस

प्रतिक्रिया