गृहमन्त्रीसामु विष पिउने पुर्वलडाकु अनसनमा, आत्मघाती बनेर मन्त्रालय पड्काउने चेतावनी [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

भक्तपुर  :  केहि दिन अघि गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवन गरेका जनयुद्धका घाइते कुलप्रसाद भट्टराई ‘कुसुम’ले अनिश्चित कालिन अनसन बसेका छन्।

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–६ स्थायी घर भएका कुसमको शरीरका विभिन्न भागमा गोली र छर्रा समेत रहेका छन् । उनीलाई अयोग्य घोषित गर्दै ब्यारेकबाट घर फर्काइएको थियो ।

बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य समेत रहेका कुसुमले उपचारको लागि सरकारसँग पटकपटक आग्रह गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन ।

संगठनले बहिर्गमित जनमुक्ति सेनको उपचारको लागि सरकारसँग माग राख्दै लामो समयदेखि संघर्ष छ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन । कुल प्रसाद र अन्य पुर्वलडाकुद्वारा पत्रकार सम्मेलन गरिएको थियो । उनले सम्मेलनमा बोल्दै  भने,  ‘अब माग पुरा नभए गृहमन्त्री लगायत प्रचण्डलाई आत्मघाती बनेर मन्त्रालय पड्काउने छौ।’


 गृहमन्त्रीद्वारा आश्वासन मात्रै पाएपछि मन्त्रालयभित्रै गृहमन्त्रीकै अगाडि खल्तीबाट विष निकालेर सेवन गरेका थिए । विष सेवनबाट घाइते कुसुमलाई तत्काल वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको तर आईसियु खाली नभएकोले महाराजगंजस्थित प्रहरी अस्तापल भर्ना गरिएको थियो।

कुसुमले आत्महत्या गर्ने उद्देश्यले नै विष सेवन गरेको उनका सहकर्मीहरु बताउँछन् । उनका स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उपचार हुन सकेको थिएन । उपचार संलग्न चिकित्सकका अनुसार कुसुमको स्वस्थ्य अवस्था विस्तारै सुधार भइरहेको छ ।

कुलप्रसादले विष सेवन गरेको अस्पतालको रिपोर्ट नष्ट गरिएको बताए। उनले आफ्नो माग र एजेन्डा धरासाही गर्ने खोजिएको उनको भानाई छ। उनीहरुले घाइते भएका पूर्वलडाकु र द्वन्द्वपीडितहरुको उपचारका लागि माग गरेका छन्।

युद्धमा लागेका १९ हजार ६ सय जनमुक्ति सैनिकमध्ये चार हजार ९ जनालाई अयोग्य भन्दै विदा गरिएको थियो । करिब १४ सय जना नेपाली सेनामा समायोजन भएका थिए । बाँकीले स्वेच्छिक अवकाश रोजेका थिए । त्यसो त यसअघि पनि पूर्वमाओवादीका लडाकुहरु तथा द्वन्द्वपीडितहरुले पटक–पटक आन्दोलन गर्दै नेतृत्वको ध्यानार्कषण गरेका थिए तर उनीहरूका समस्याप्रति राज्य अझ गम्भीर बन्न सकेको छैन । पूर्वलडाकु र द्वन्द्वपीडितका समस्याप्रति सरकारले समय छँदै सोच्नुपर्दछ । हेर्नुहोस पुर्व लडाकु कुलप्रसद भट्टराई र उनका सहकर्मीसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू