गैंडा मारेर खाग तस्करी गर्ने गिरोह पक्राउ

admin

चितवन, १२ असोज :  चितवन राष्ट्रिय निकुञ्जले गैंडाको शिकारी र खाग त स्क रीमा संलग्न आठजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा एकै घरका दाजुभाइ र नजिकका नातेदारहरु छन् ।

चारवटा गैंडा मार्ने कार्यमा संलग्न १७ जनामध्ये अझै नौ जना फरार रहेको प्र हरीले जनाएको छ । निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत वर्ष भदौमा मेघौली क्षेत्रबाट प्रवेश गरी गैंडा मारिएको थियो । त्यसमा संलग्न ६ जनामध्ये दुई जना पक्रा उ परेका छन् ।

प क्राउ पर्नेमा नवलपरासी बुलिङटार-१ कोटेथरका स्थायी ठेगाना भई हाल गैडाकोट-१ धारापानी बस्ने ३२ वर्षिय चतुरे भनिने गोपाल सारु र धादिङका बेनिबाट रोराङ-१ का ३५ वर्षिय कवि भनिने रामकुमार श्रेष्ठ छन् ।

लायन्सचोकमा बस्दै आएका रामकुमार दुईपटक अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन् । काठमाडौंमा चारवटा खाग लगेर बेचेको उनले स्वीकारेका छन् । आर्थिक प्रलोभन देखाएर गैंडा मार्न लगाउने र खाग काठमाडौंमा लगेर बेच्ने कार्यमा उनी संलग्न रहेको निकुञ्जले जनाएको छ ।

उनले नजिकका नातेदारलाई आर्थिक प्रलोभन देखाएर गैंडा तस्करीमा लगाउँदै आएका थिए । २०७६ कात्तिकमा सौराहा पारीको बहपुर खोला नजिकै गैंडा मार्ने ६ जनामध्ये दुई जना प क्राउ परेका छन् ।

प्रतिक्रिया