गोंगबुमा एक पुरुषको विभत्स ह’त्या, सुटकेसभित्र श’व भेटियो

admin

काठमाडौं, २५ साउन : काठमाडौंको गोङ्गबु गणेशस्थान नजिकै एक पुरुषको श’व भेटिएको छ । ह’त्यापछि सुटकेशमा फालेको श’व फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

टाउको का’टिएको अवस्थामा भेटिएको श’वको अहिलेसम्म सनाखत हुन सकेको छैन । गोङ्गबु चोकबाट गणेशस्थान जाने बाटोमा टाउको विनाको श’व भेटिएको हो । श’व टु’क्राटु’क्रा पारेर सुटकेसमा फालिएको अवस्थामा भेटिएको हो ।

मृ’तक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

श’व भेटिएको सुटकेसभन्दा टाउको केही पर भेटिएको प्रहरीले जनाएको छ । श’व भेटिएपछि प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो । श’व भेटिएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ । श’व पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

प्रतिक्रिया