गोठबाट फर्किंदै गरेका गौतम दम्पतीलाई म्यानमार सैनिकले समातेर गोली ठोके

admin

काठमाडौं, ३१ चैत : म्यानमारको सेनाले गोठबाट फर्किँदै गरेका नेपाली भाषी दम्पतीको गो’ली हानी ह’त्या गरेको छ । टुम नगरमा बसोबास गर्दै आएका किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमलाई सेनाले गोठबाट फर्कँदै गर्दा गो’ली प्र’हार गरेको हो ।

गौतमको परिवार त्यस नगरमा तीन पुस्तादेखि बसोबास गर्द आएको म्यानमार देशीय गोर्खा संघका पूर्वमहासचिव लक्ष्मण न्यौपानेले बताए । म्यानमारमा सेनाले नेपाली भाषीलाई समेत दमन गरिरहेको न्यौपानेको भनाइ छ ।

उनका अनुसार सेनाले चलाएको गोली लागेर गौतम द’म्पतीसहित तीन जनाको ज्या’न गएको छ । अन्य ६ जना घा’इते भएका छन् । १६ जनालाई सेनाले प’क्राउ गरेको छ । टुम नगर भारतको मनीपुर सीमानजिकै रहेको छ ।

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७ सयभन्दा बढीको मृ’त्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीले थुनामा राखेको विवरण सार्वजनिक भएको छ ।

गत १ फेब्रअरीका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेतालाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया