गोरखामा कोरोना संक्रमितको मृ’त्यु

admin

गोरखा, २० असार :  कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृ’त्यु भएको छ । पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृ’त्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया