गोरुले हिर्काउँदा वृद्धाको मृत्यु

राष्ट्रिय समाचार समिति

कञ्चनपुर, २७ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ ।

 आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।

प्रतिक्रिया