ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमामै ग्यास अभाव

admin

काठमाडौं, १२ चैत: ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो ।


वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि ग्यासको लाइनमा त्योभन्दा बढीको भीड लागेको थियो । दिउँसो २ बजेसम्म लाइनमा बस्दा पनि ग्यास नपाएर उपभोक्ता रित्तै फर्किएका थिए ।

उद्योगले ग्यासको मागअनुसार आपूर्ति नगरेका कारण अभाव देखिएको ग्यास विक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए । ग्यास नपाएको र उपभोग्य वस्तुको मूल्य बढी लिएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

बुधवारदेखि तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सामानका पसलको अनुगमन गर्ने र कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया