ग्रेटर नेपालद्वारा भारतीय विदेश सचीवको नेपाल भ्रमणको विरोध, भारतीय विदेश सचिवलाई पठायो विरोध पत्र

admin

काठमाडौं, मंसिर ११ : नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचीव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको विरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालका लागि भारतिय दूतावास मार्फत विदेश सचिवलाई विरोधपत्र पठाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा प्रेषित उक्त विरोध पत्रमा विदेश सचीव श्रृंगलाको नेपाल भ्रमण बाट नेपाली अलिकति पनि उत्साहीत नरहेको तथा भारतीय संस्थापनलाई नेपाली जनताको सबैभन्दा ठूलो शत्रु मानेको कुरा स्पष्टसँग उल्लेख गरेको छ ।

भारतले मिचेको करिब ६० हजार वर्ग किलोमीटर जमिन फिर्ता नगरेसम्म भारतविरुद्ध निरन्तर आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । यसका साथै सन् २०१९ नोभेम्बर २ मा लिम्पियाधुरा-कालापानी र लिपुलेक क्षेत्रको करिब ४ सय वर्ग किलोमीटर नेपाली भू-भाग भारतको राजनीतिक नक्सामा राखेको गल्ती नसच्याई नेपालसँग सुमधुर सम्बन्ध हुने कुराको कल्पना नगर्न पनि भारतीय पक्षलाई सुझाव दिएको छ । २ दिने भ्रमणको क्रममा भारतीय विदेश सचीव श्रृंगला यतिबेला काठमाण्डौमा छन् ।

प्रतिक्रिया