घटस्थापनाको दिनबाट मेघा सिरियल ‘डियर जिन्दगी’ नेपाल टेलिभिजनमार्फत प्रसारण हुने, यसो भन्छन कलाकार ! [हेर्नुहोस भिडियो सहित् ]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर   :  पिएनपिमिडिया प्रोडक्सनको निर्माण तथा कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा तयार भएको टेली टेलिश्रृंखला ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ। आइतबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सिरियलको ट्रेलर रिलिज गरिएको थियो ।

यस टेलिश्रृंखलामा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियलमा जीवन पराजुलीको छायाँकन छ भने रडी जे लामाको संगीत रहेको छ ।

सुनिल थापालाई फिचर्ड गरिएको उक्त टेलिचलचित्रमा मोडल तथा नव नायिका श्रेया कार्की सुनिलकी छोरीको भूमिकामा देखिने छिन्। उनले यस अघि बागमती चलचित्रमा अभिनय गर्नुको साथै थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकी छिन् । त्यस्तै अर्का कलाकार सुवाश पराजुलीको यो डेब्यु टेली चलचित्र हो। सुबास पराजुलीले आफ्नो भूमिका एक चकलेटी ब्याईको रुपमा रहेको बताए । उनी भन्छन,’डियर जिन्दगी एउटा मसालादार मेघा सिरियल हो।’ श्रेयाले नेपाली सिरियल ‘डियर जिन्दगी’लाई माया गरेर हेर्न र हौसला दिन आग्रह गरेकी छिन् ।

डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी, कार्यकारी प्रोडुसर युवराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् । ‘डियर जिन्दगी’ नेपाल टेलिभिजनको प्रसारण हुनुको साथै पिएनपी मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक पनि हुनेछ ।

हेर्नुहोस भिडियो :

यस्तो छ ट्रेलर :

प्रतिक्रिया