घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ असोज : बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ ।

मंगलबार तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको मूल्य तोलामा ८ सयले ओरालो लागेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ । मंगलबार तोलाको ९४ हजार ४ सय थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । मंगलबार तोलाको १२ सय रुपैयाँ रहेको चाँदी बुधबार ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया