घट्यो मादलको व्यापार

शर्मिला गुरुङ

वामी, २९ कात्तिक  : पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।
यो वर्ष हालसम्म १५÷१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास बजारका मादल व्यवसायी डिलबहादुर नेपालीले जानकारी दिनुभयो ।

नेपालीले भन्नुभयो, “नयाँ मादल त निकै कम मात्रामा बिक्री भयो, पुराना १२÷१३ वटासम्म मादल मर्मतसम्भारका लागि आइका छन् । मादल व्यवसाय गरेर दैनिकी चलाउन धौधौ छ ।”
नेपालीले पुरानो बाजा संस्कृति छोड्दै पछिल्ला केही वर्षयता आधुनिक बाजातर्फ मानिस अग्रसर हुन थालेपछि आफूले बनाएका मादल बिक्री वितरण निकै कम हँुदै गएको बताउनुभयो ।

बागलुङ गल्कोटदेखि मादल व्यवसाय गर्न गुल्मी आउनुभएका नेपालीले पाँच वर्षयता निरन्तररूपमा सदरमुकाम तम्घासबजारमा गोल्कोटे मादल पसलको नामबाट व्यावसायिक रूपमा मादल व्यवसाय गर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया