घरको ताल्चा नै फोरेर यी महिलामाथि निर्मम कुटपिट, न्याय माग्न पुगिन स्वागत नेपालको कार्यालय

मनिषा थापा

पिएनपिखबर : एक महिलाले आफूमाथि हिँसा भएको भन्दै न्याय माग्न स्वागत नेपाललाई भेट्न पुगेकी छिन्। भक्तपुरको चाँगुनारायण घर भएकी देवकी खत्रीले आफु सुतिरहेको बेला ताल्चा फोडी घरभित्र पसेर केशव बानियाँले निर्घात कुटपिट गरेको बताएकी छिन्।

साउन १० गतेको दिन केशव बानियाँले मादकपदार्थ सेवन गरेर आएको र अश्लिल शब्द बोलि निर्घात कुटपिट गरेको उनको आरोप छ।

उनको अनुसार, केशव बानियाँसँग उनले केहि समय अघि  ऋण मागेकी थिइन। केशवले ऋण लिएको पैसा मागे पछि पैसा फिर्ता दिँदा समेत् नलिई आफुलाई उल्टो घरभित्र पसेर कुटपिट गरेको उनको भनाई छ। उनी आफु माथि ठुलो अन्याय भएको भन्दै बुधबार स्वागत नेपालको कार्यालय पुगेकी हुन्।

बाँकी हेर्नुहोस भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू