घुम्ने तस्बिर अहिले सामाजिक संजालमा भाइरल हुँदै, यस्तो छ तस्बिरको वास्तविकता

रिता घिसिंग

एजेन्सी : एउटा फोटो यतिबेला विश्वभरको सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। जुन फोटोलाई हेर्ने वित्तिकै फोटोभित्रका सबै कुरा घुमिरहेको देखिन्छ। यो फोटोसँगै एउटा म्यासेजपनि भाइरल भइरहेको छ। जसमा उक्त फोटो जापानका एक न्यूरोलजीका प्रोफेसरले बनाएको उल्लेख छ। जुन फोटोलाई हेरेर तपाइँले आफ्नो मानसिक स्तरलाई पत्ता लगाउन सकिने दाबी पनि गरिएको छ।

यद्यपी फोटोको वास्तविकता भने फरक छ। किनभने यो फोटो केवल एक अप्टिकल इलयूजन (आँखाको धोका) हो। र यो फोटोको तनावसँग केही सम्बन्ध छैन। यसको खुलासा तस्वीर बनाउने व्यक्तिले नै गरेका हुन्।

सामाजिक संजालमा भाइरल भइरहेको यो फोटोसँग जुन म्यासेज फरवार्ड भइरहेको छ, त्यसका अनुसार जो व्यक्तिले यो फोटो जति धेरै घुमेको देख्छ, त्यस्तो व्यक्ति सबैभन्दा धेरै तनावमा हुन्छ।

म्यासेजमा लेखिएको छ–यो फोटोलाई जापानका एक न्यूरोलोजीका प्रोफेसर यामामोटो शाशिमाले बताएका हुन्। उनको निर्देशन अनुसार तपाइँले यो फोटोलाई नहल्लीकन केही अगाडि मात्र बढेको देख्नु भयो भने तपाइँ पूर्ण स्वस्थ हुनुहुन्छ।

यो फोटोलाई हेर्ने धेरैजसोले फोटोलाई घुमिरहेको नै देखेका छन्। त्यसपछि उनीहरु आफ्नो मानसिक तनावलाई लिएर निकै दुखी बनेका छन्।
यो फोटोलाई बनाउने व्यक्तिको नाम युरी पेरेपेडिया हो, जो युक्रेनका बासिन्दा हुन्। र, उनी ग्राफिक डिजाइनर हुन्। उनले आफ्नो इन्स्टाग्राममा यो फोटो शेयर गर्दै आफूले बनाएको तस्वीरका विषयमा सबै कुरा लेखेका छन्।

प्रतिक्रिया