घोडाघोडीमा कछुवा छाडियो

admin

घोडाघोडी, २४ असोज : विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा आज लोपोन्मुख प्रजातिको कछुवा छाडिएको छ । बर्दियाको कोठीयाघाटबाट ल्याइएको करीब २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको कछुवा छाडिएको हो ।

कोठियाघाट नजीक स्थानीयवासीले माछा मार्ने क्रममा अत्यन्तै लोपोन्मुख प्रजातिको कछुवा समातेको देखेपछि संरक्षणका लागि आफूले लिएर आएको घोडाघोडी नगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो । प्रमुख चौधरी लामो समयदेखि प्रकृति संरक्षणमा लागिरहनुभएको छ ।
-रासस

प्रतिक्रिया