चट्याङ्ग लागेर तीन जनाको ज्यान गयो

admin

काठमाडौं, ३ बैशाख : चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको ज्यान’ गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्र’हरीले जनाएको छ ।

उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । प्र’हरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका-५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।

घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घा’इते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका-८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ । उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो ।

प्रतिक्रिया