चट्याङ लागेर एकको मुत्यु

राष्ट्रिय समाचार समिति

विराटनगर, ६ साउन : खेत जोत्दै गरेको अवस्थामा चट्याङ लागेर मोरङमा आज एकको मुत्यु भएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको चट्याङ लागेर घटनास्थलमा मृत्यु भएको हो । घरदेखि लगभग दुई सय मिटर पर धान रोप्नका लागि खेत हिल्याउँदै गरेको अवस्थामा चट्याङ परेको थियो ।

 चट्याङले खेत जोत्दै गरेका एक हल गोरु पनि मरेका छन् । त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते हुनुभएको छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते हुनुभएकी उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।रासस

प्रतिक्रिया