चन्द समूहका पूर्व सेक्रेटरी प’क्राउ

राष्ट्रिय समाचार समिति

भोजपुर, २२ असार : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी प’क्राउ परेका छन् । जिल्ला प्र’हरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई प’क्राउ गरेको हो ।

सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार प’क्राउ गरेको प्र’हरीले आज सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाका आधारमा प’क्राउ गरेको प्र’हरीले जनाएको छ ।

त्यस्तै प्र’हरीले हतुवागढी गाउँपालिका–९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँ’जा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँ’जा फेला परेको प्रह’रीको भनाइ छ । घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया