चमेरा भकाभक मर्न थालेपछि, परीक्षणका लागि स्याम्पल ल्याबमा

admin

एजेन्सी, १८ जेठ : कोरोना भाइरसको संक्रमण सुरुवाती चमेराबाट मानिससम्म आइपुगेको अहिलेसम्मको अनुमान छ ।

यो विषयमा संसारभर विभिन्न प्रकारका अनुसन्धान चलिरहेका छन् । भारतको मध्य प्रदेशको सिंगरौली जिल्लामा अचानक सयौँ चमेरा मरेपछि सनसनी मच्चिएको छ । एकाएक चमेरा मरेपछि त्यो क्षेत्रका बासिन्दा आतंकित भएका छन् ।

स्थानीयले कुनै अर्को भाइरसका कारण चमेरा मरेको भन्दै अनुसन्धानको माग गरेका छन् । घटनाको जानकारी पाएपछि पशु तथा वन विभागको टोली घटनास्थल पुगेर अनुसन्धान गर्न थालेको छ । परीक्षणका लागि स्पाम्पल भोपाल पठाइएको छ ।

सयौँ चमेरा जमिनमा झर्दै भकाभक मर्न थालेपछि पुगेको चिकित्सकसहितको टोलीले परीक्षणका लागि स्याम्पल लिएको छ । गाउँलेले मरेका चमेरालाई खाडल खनेर गाडेका छन् । भारतमा चौथो चरणको लकडाउनमा दोस्रो पटक सयौँ चमेरा मरेका छन् ।

यसअघि मध्य प्रदेशको छिमेकी राज्यमा पनि सयौँ चमेरा मरेका थिए । सिंगरौलीका पशु चिकित्सक अनामिका कुशवाहाले ल्याब परीक्षणपछि मात्रै चमेरा मर्नुको कारण पत्ता लाग्ने बताइन् ।

गर्मी वा अन्य कुनै भाइरसले चमेरा मरेका हुन् भन्ने कुराको टुंगो ल्याबको रिपोर्टले पत्ता लाग्ने भएको छ ।

प्रतिक्रिया