चरा ठोक्किए पछि कतार एयरवेजको विमान ग्राउन्डेड

मनिषा थापा

पिएनपिखबर : कतार एयरवेजको एउटा विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।  कतारबाट आएको उक्त जहाज त्रिभुवन विमास्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको हो । 

आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारको दोहा उडने तयारीमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा चरा ठोक्किएपछि पाइलटले जोखिम लिन नमानेको कारण उडान रद्द गरिएको हो।

जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको जानकारी प्राप्त भएको छ । उक्त विमानको प्राविधिक परीक्षण गरेपछि मात्रै उडाउने निश्चित हुने खबर छ।

प्रतिक्रिया