चर्चित गायिका साकिरालाई लाग्यो करछलीको आरोप

मनिषा थापा

एजेन्सी : कोलम्बियन गायिका साकिरालाई १४ दशमलव पाँच मिलियन डलर करछलीको आरोप लागेको छ । उनलाई स्पेनिस अदालतले उपस्थित हुन आदेश दिएको छ ।

अदालतले १२ जुनमा हाजिर हुन आदेश दिएको हो । साकिरा सन् २०१५ मा बहमासबाट स्पेनको बार्सिलोना आएर बसेकी हुन् । उनले २०१२ देखि २०१४ को समयमा उनी स्पेनमा बस्थिन् ।

२०१४ मा उनी बहमास नै फर्किएकी थिइन् । उनले स्पेन बसेर २०१२ देखि २०१४ मा कमाएको सम्पत्तिको कर सो देशमा तिर्नुपर्ने मुद्दा दायर गर्ने समूहको दाबी छ ।

ल्याटिन अमेरिकी गायिका, संगीतकार तथा पर्फर्मर साकिराको गीतहरू सुरुवाती चरणमा हिट थिएनन् । तर, सन् १९९८ मा उनको एक स्पेनिस गीतले तहल्का पिटिदियो ।

त्यसपछि उनको करियरले लगातार उचाइ लिएको थियो । ‘ह्वेनएभर, ह्वेरएभर’ तथा ‘हिप्स डन्ट लाई’ जस्ता गीतले साकिरालाई ल्याटिन अमेरिकाबाट युरोप र एसियामा हिट बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू