चर्चित बलिउड कलाकार सोनु सुदले गरिदिए ट्युमरपीडित बालिकाको अपरेशन

admin

चर्चित बलिउड कलाकार सोनु सुदले ट्युमरपीडित बालिकाको अपरेशन गराइदिएका छन् । उनले बिहारकी एक बालिकाको ट्युमरको अपरेशन गर्ने व्यवस्था मिलाएर फेरी एक पटक सबैको मन जित्न सफल भएका छन् ।

यस अघि पटक सामाजिक कार्य गर्दै आएका सुदको यसपटकको पनि उनको यो कामले सबैको मन छोएको छ । बिहारमा रहेकी दिव्या ट्युमरबाट पीडित थिइन् ।

उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् ।उनले लेखेकी थिइन्, बहिनीको हालत खराब छ, सर्जरी गराउनुपर्ने देखिएको छ ।

लकडाउनका कारण दिव्याको उपचार हुन सकिरहेको थिएन । उनले सोनूसँग दिव्याको उपचारका लागि सहयोग गर्न मद्दत मागेपछिसाने लु सहयोगको बचन दिएका थिए ।

उनले लेखेका थिए तपाईंकी बहिनी मेरी पनि बहिनी हुन् । एक अस्पतालमा व्यवस्था गरिएको छ, अब उनको स्वास्थ्यको ख्याल गर्ने मेरो जिम्मेवारी हो ।सोनूको पहलमा एम्स ऋषिकेशमा दिव्याको सफलतापूर्वक उपचार गरिएको छ ।

सोनुको यो कार्यले फ्यानले उनलाई धन्यबाद दिएका छन् । । लकडाउनका दौरान उनले प्रवासी मजदुरलाई उनको घरसम्म जाने व्यवस्था मिलाएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू