चलचित्र काँचुलीको अर्को गीत सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २० साउन : विजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको “काँचुली”को अर्को गीत “तिमी साथ छौ र पो” सार्वजनिक भएको छ ।

वास्तविक जिवन घटनालाई आधार बनाएर तयार पारिएको गीतमा रहेको शब्दहरु चलचित्रको कथा वस्तुसँग मेल खाने गरी प्रस्तुत गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलचलचित्र काँचुलीको दोश्रो गीत सार्वजनिक को हो। यस गीतमा हाल सम्म फरक ढंगबाट प्रस्तुत गरिएको कोरियोग्राफर राजन मर्हजनले बताए ।

सार्वजनिक गीतमा गायिका नित्याशिवा र गायक तथा संगीतकार राजेन्द्र बजगाईँको स्वर राजेन्द्र बजगाईँको संगीत र एरेन्ज अनि शंकर अधिकारी घायलको शव्द रहेको छ ।

सुशील डाँगीको छायांकन, राजन महर्जनको नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको गीत मा युबा पुस्ताको प्रेम कथा झल्काइएको निमार्ण पक्षले बताएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया