चलचित्र ‘कालो वर्ष’को “यस्तो साथी” बोलको गीत सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १५ चैत्र : चलचित्र “कालो वर्ष”को पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगर स्वयमकै रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्र योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र वितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदै छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया