रहेनन् वरिष्ठ निर्देशक किशोर राना

admin

काठमाडौँ, ४ भदौ: चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित रानाको ५४ वर्षको उमेरमा बुधबार ललितपुरको निदान अस्पतालमा निधन भएको हो । विगत ६ वर्षदेखि रानाले नियमित डाइलासिस गर्दै आएका थिए । भारतमा पुगेर पनि उनले उपचार गराएका थिए । तर, आर्थिक स्थिति कमजोर भएका कारण उनले मिर्गौला प्रत्यारोपण गर्न सकेका थिएनन् ।


निर्देशक राना चलचित्र क्षेत्रका सफल निर्देशक हुन् । लामो समय चलचित्र क्षेत्रमा बिताएका रानाले महानायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठदेखि धेरै सफल अभिनेताहरुलाई निर्देशन गरेका छन् । उनले निर्देशनमा बनेको ‘कर्जा, सीमारेखा, करोडपति, राँको, एक नम्बरको पाखे’ जस्ता धेरै सफल चलचित्रहरु छन् । उनले केही बलिउड चलचित्रमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया