चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नायिका स्वस्तिमा खड्कालाई टेम्पो ड्राइभरको भूमिकामा देखाइएको चलचित्र ‘बुलबुल’को रमाइलो टिजर सार्वजनिक भएको छ । नायक–नायिकालाई बाटोमै नचाएर गीत रिलिज गरिएको यो चलचित्रको टिजरले दर्शकको ध्यान तान्न सक्छ । सार्वजनिक टिजर चलचित्रको एक दृश्य जस्तो लाग्छ । चलचित्रमा स्वस्तिमाको साथमा मुकुन भुषालको मुख्य भूमिका छ । चलचित्रको टिजरले यसको कथावस्तुको छनक दिन खोजेको छ ।

यो चलचित्र फागूणको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ‘खुद्राखुद्री’ माया बोलको गीतले अहिले चर्चा पाइरहेको छ । विनोद पौडेलको निर्देशनमा तयार भएको यो चलचित्र आफ्नो लागि कोशेढुंगा नै हुने दाबी यसकी नायिकाको छ ।

चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु सार्वजनिक गर्ने बताउँछन् । यो चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन छ ।

प्रतिक्रिया