चलचित्र ‘मणिकर्णीका’को सह-निर्देशकको क्रेडिट कंगनालाई मिल्छ त ?

रिता घिसिंग

एजेन्सी : अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘मणिकर्णीका’ हो । यो फिल्ममा कंगनाले अभिनय देखि निर्देशनसम्ममा हात हालेकी छन्, सोही कारण पछिल्लो समय कंगना चर्चामा रहिन् । यो फिल्मको सुटिङको अन्त्यतिर फिल्मका निर्देशक कृष थिएनन्, त्यसै कारण अभिनेत्री कंगना आफैले निर्देशनको काम पनि सम्हालेकी थिइन् । यता निर्देशक कृष भने एनटीआरको बायोपिक फिल्ममा काम सुरु गरिसकेका थिए । सोही कारण ‘मणिकर्णीका’ फिल्मको सुटिङको अन्त्यमा आएर अभिनेत्री कंगना आफैले निर्देशनको जिम्मा पनि लिनु परेको थियो ।

अभिनेत्री कंगनाले निरन्तर निर्देशक कृषसँग कन्ट्याक्टमा रहेरै भएपनि सुटिङ पूरा गर्न सफल भएकी हुन् । यसै कारण फिल्मको क्रेडिट लाइनमा निर्देशकको नामलाई लिएर सबैतिर चर्चा सुरु भएको हो । केहि व्यक्तिहरुले यो फिल्मको निर्देशक कंगना नै हुन् भनिरहेका छन्, भने अर्को तर्फ केहि व्यक्तिहरुले यो फिल्मको सह-निर्देशक कंगना हुने बताइरहेका छन् ।

तर वास्तकिता के हुनेछ ? भन्ने विषयमा मिड डेको एक रिपोर्टमा केहि कुरालाई स्पष्ट गरिएको छ । रिपोर्टका अनुुसार कंगनाले ४५ दिनसम्म फिल्मको सुटिङ सम्हालेकी छन्, जहाँ फिल्मका कयौं महत्वपूर्ण दृश्यहरुलाई छायाङ्कन गरिएको छ । यसका साथै यसै साता अमेरिकाबाट फर्केकी कंगना रामेश्वर भगतको साथमा एडिटिङमा पनि लगातार लागिपरेकी थिइन् । कंगनाले भिएफएक्सको काम पनि हेरिरहेकी थिइन् ।

तर यी सम्पूर्ण काम भने निर्देशकको हो । फिल्मको सह-निर्माता कमल जैनले मिड डेलाई बताएका छन्, ‘फिल्म अब यस्तो देखिन थालेको छ, जुन कल्पना गरिएको थियो । कंगना एक पर्फेक्शनिष्ट हुन् । उनले प्रत्येक डिपार्टमेन्टलाई मनिटर गरेकी छन् । कंगनाले गरेकी कामदेखि हामी धेरै खुसी छौं । कंगनाको यति धेरै काम हुँदा हुँदै पनि उनलाई क्रेडिट दिएनौं भने हाम्रो ठूलो भुल हुनेछ ।’

यो फिल्मको रिलिजको कुरा गर्ने हो भने, २५ जनवरी २०१९ मा दर्शकमाझ रिलिजमा आउनेछ । सोही डेटमा अभिनेता ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ पनि दर्शकमाझ रिलिजमा आउँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू