चलचित्र ‘मुन्नाभाइ–३’ को सुटिङ सुरु हुँदै

रिता घिसिंग

एजेन्सी : राजकुमार हिरानी र अभिजात जोशीको सुपरहिट फ्रेन्चाइजी ‘मुन्नाभाइ–३’ को सुटिङ सुरु हुने भएको छ । फिल्म निर्माण टिमबाट प्राप्त जानकारीअनुसार सुटिङ आगामी जूनदेखि सुरु हुनेछ । हिरानी र जोशी अहिले यसको स्क्रिप्टलाई अन्तिम रुप दिने काममा व्यस्त छन् ।

फिल्ममा मुन्नाभाइ र सर्किटको भूमिकामा संजय दत्त र अरशद वारसी नै हुनेछन् । बोमन इरानी पनि फिल्ममा रहनेछन् । हिरानीले इरानीलाई आफ्ना लागि भाग्यशाली मान्ने हुँदा उनलाई निरन्तरता दिएका हुन् । फिल्मका अघिल्ला २ भागजस्तै यो भागमा पनि संजय दत्तको अपोजिट नयाँ हिरोइन हुने बताइएको छ ।

हिरोइनको कास्टिङ स्क्रिप्टको अन्तिम ड्राफ्ट तयार भएपछि गरिनेछ । फिल्मका विषयमा केही समयदेखि चर्चा थियो कि सर्किटको भूमिकामा अरशद हुने छैनन् बरु यो रोलमा ‘संजू’मा संजय दत्तका साथीको भूमिकामा देखिएका विक्की कौशल हुनेछन् । तर विक्की कौशल र अहिले स्वयं अरशदले यो कुरालाई हल्ला मात्र भएको भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू