चलचित्र ‘लुका छुप्पी’ हिट भएपछि कृतिले बाँडिन् लड्डु

रिता घिसिंग

एजेन्सी : शिवरात्रीको अवसरमा रिलिज भएको चलचित्र ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृति सेननले दिन प्रसाद बाँडेकी छन्। मुम्बईस्थित एक शिव मन्दिर पुगेकी कृतिले मन्दिर दर्शनपछि मन्दिर परिसरमा रहेका मानिसहरूलाई प्रसाद बाँडेकी हुन्।

कार्तिक आर्यनसँग जोडी बाँधेको उनको यो चलचित्रले उनलाई करियरको सबैभन्दा ठूलो सुरूवाती व्यापारको खुशी दिलाएकाले उनी मन्दिर पुगेको बताइन्छ। रिलिजको पहिलो दिन ८.०१ करोड भारूको कमाइ गरेको सिनेमाले तीन दिनमा ३१.१३ करोड भारू कमाएको छ।

कृतिले सिनेमाबाट आफ्नो कामको लागि पनि तारिफ बटुलेकी छन्। यस वर्ष ‘लुका छुप्पी’बाट सुखद सुरूवात पाएकी कृति ‘अर्जुन पटियाला’, ‘हाउसफूल ४’ तथा ‘पानीपत’मा देखिदैछिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू