चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

admin

काठमाडौं, मंसिर ३० : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो ।उनको निधनको कारण भने खुलेको छैन ।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए ।

भट्टराई तिस दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । उनले बनाएका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । उनले दर्जनौ चलचित्रमा अभिनय समेत गरेका छन् ।

प्रतिक्रिया