चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

admin

काठमाडौं, चैत ७ : चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरेका हुन् । 

भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् । उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ । 

 

यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो । त्यसपछि पौडेलले माघ २२ गते मन्त्री समक्ष राजीनामा बुझाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । गत माघ २० गते मन्त्रालयको आन्तरिक बैठकमा पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले कारवाही गर्ने चेतावनी दिएका थिए । 

प्रतिक्रिया