चलिरहेको बसमा युवतीलाई घुरेर हेरे, युवतीले विरोध गरेपछि युवकले देखाए गुप्तांग (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : दक्षिणी दिल्लीको महरौली क्षेत्रमा गुडिरहेको बसमा निकै लज्जास्पद घटना घटेको छ । सिटमा बसेकी एक युवतीलाई उभिएर यात्रा गरिरहेका युवकले घुरेर हेरिरहेका थिए । युवतीले यसको विरोध गरेपछि युवकले गुप्तांग निकालेर अश्लील क्रियाकलाप गरे । युवतीले पनि हिम्मत देखाँदै ती युवकलाई नराम्ररी कुटिन् । त्यसपछि प्रहरीलाई खबर गरिन् । प्रहरीले ती अभियुक्त मुकेश रञ्जनलाई पक्राउ गरेको छ ।

विवाहित ती युवक रंगपुरीस्थित एक इभेन्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्ने भारतीय दैनिक भाष्करले लेखेको छ । यो पूरै घटनाको क्रममा बसमा बसेका अन्य यात्रुहरु तमाशे बने । ड्राइभर र कण्डक्टरले समेत पीडित युवतीको साथ दिएनन् । बसमा यात्रा गरिरहेका यात्रुले भने कि कुटाइ खाइसके अब छोडिदिए हुन्छ । तर प्रहरीलाई युवतीले फोन गरिसकेका कारण बस रोक्नुपर्यो । २६ वर्षीया युवती संचारकर्मी भएको बताइएको छ ।

मंगलबार राती सवा ९ बजे घटना भएको भारतीय मिडियाले लेखेका छन् । ती युवकले गुप्तांग देखाएपछि युवतीले सेण्डिल निकालेर कुटेको बताइएको छ । कुटाइ खाएपछि ती युवकले युवतीलाई दिदी भन्दै माफी मागेका थिए । युवतीले पुलिसलाई फोन गरेपछि ती युवक भाग्ने प्रयास गरेका थिए तर युवतीले उनलाई समातिन् ।

प्रतिक्रिया