चाणक्य भन्छन ‘दुश्मनसंग यसरी लड्नुहोस्’

रिता घिसिंग

पिएनपिखबर : चाणक्य नीतिमा आचार्य चाणक्यले शत्रुसंग लड्ने उपाय बताएका छन्। यस चाणक्य नीति आजको समयमा मानिसको लागि एकदम काम लाग्नसक्छ। जसको मद्दतले काममा आइरहेको रोकावट हटाउन सकिन्छ। जसले तपाईको नोकरी, व्यवसाय र अन्य काममा बारम्बार बाधा पुर्याइरहन्छ भने यी उपाय अपनाउनुहोस्। 

चाणक्य नीतिका श्लोक – 

खलानां कण्टकानां च द्विविधैव प्रतिक्रिया ।

 

उपानन्मुखभङ्गो वा दूरतो वा विसर्जनम् ॥

 

 चाणक्यले यस  श्लोकमा शत्रु र काँडा उस्तै उस्तै हुन् भनेका छन्। आचार्य चाणक्यका अनुसार शत्रुलाई २ तरिकाले हराउन सकिन्छ। चाणक्य भन्छन शत्रुलाई जुत्ताले कुल्ची दिनुपर्छ। कि त भने शत्रुलाई देख्ने बित्तिकै आफुले बाटो अन्तै मोड्नु उचित हुन्छ । अर्थात यिनीहरुबाट बचेर रहनुपर्छ। किनकी यिनीहरुले हाम्रो बारेमा कहिले पनि भलो चाहेको हुदैनन्। जसले हाम्रो कुभलो सोच्छ त्यस्ताको मतलब गर्न छोड्नुपर्छ। 

प्रतिक्रिया