चामलको प्याकेटभित्र कुहिएको मुसा भेटेपछि…

रिता घिसिंग

एजेन्सी : जर्मनीका एक व्यक्तिले आफ्नो घरमा राखिएको चामलको प्याकेट खोलेपछि उनको होसहवास नै उडेको छ । प्याकेट खोल्नासाथ भित्र जे देखियो त्यो देखेर उनी आत्तिएर चिच्याए । सामाजिक संजालमा भाइरल भइरहेको चामलको तस्वीरमा त्यहाँ चामलसँग केही फोहर चीज पनि मिसिएको छ ।

समाचारअनुसार रिचर्ड लिच नामका व्यक्तिले गोल्डन सन पुलाव चामलको एक तस्वीर सामाजिक संजालमा पोस्ट गरेका छन् । जहाँ उनले चामल कम्पनीलाई भनेका छन् ‘म यो सोध्न चाहन्छु कि मेरो चामलको प्याकेटमा यो मुसा कहाँबाट आयो ?’ यो प्याकेट खोल्नासाथ पूरै घरमा दुर्गन्ध फैलिएको बताइएको छ । यसको दुर्गन्धका कारण उनकी पत्नीले लगातार बान्ता गर्न थालिन् । रिचर्डको यो पोस्ट अत्याधिक शेयर भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू