चार जनाकाे समुहद्वारा रौतहटमा श्रीमतीको हत्या,पति गम्भीर घाइते

तुलसी नेपाल

रौतहट- रौतहटमा चार जनाकाे समुहले एक दम्पतीमाथी धारिलो हतियार प्रहार गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा आएको चार जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारी घाइते भएका छन् भने उनकी पत्नि जगरनिया देवीको मृत्यु भएको छ ।

 हत्यामा संलग्न मध्येका स्थानीय बलीराम मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बेलुकी १० बजेतिर खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ ।

पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीले जनाएकाे छ । महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया