शनिबारदेखि हराइरहेका सुनचाँदी व्यवसायी मृ’त भेटिए

admin

बुटवल, १३ असोज : शनिबारदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघ कपिलवस्तुका सचिव राघवेन्द्र बर्मा मृ’त अवस्थामा भेटिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको श’व मंगलबार दिउँसो भेटिएको हो ।

उनको श’व घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बर्मा सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए ।

रातीसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया