चालक र यात्रुको विवादले बस नदीमा खस्यो, १३ जनाको मृत्यु [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  कुनै प्यासेन्जर र बस चालकको बीचमा कुनै झगडा यति खतरनाक हुनसक्छ भन्ने उदारहण चीनमा देखियो। बस चालक र महिला यात्रीबीच बहस चलेको कारण बस पुलबाट नदिमा खस्दा १३ जनाको मृत्यु भएको छ।

दक्षिणी पश्चिमी चीनमा भएको यस घटनाको भिडियो सार्वजनिक पनि भएको छ। यान्गजे नदीबाट १३ यात्रीको शव निकालिएको प्रहरीले जनाएको छ। ती महिलाले आफ्नो निर्धारित ठाउँमा उत्रन नसकेपछि विवाद शुरु भएको थियो।

आफ्नो स्टेसनमा बस नरोकिदिएको बताउँदै महिला यात्रुले चालकलाई हातपात गरेकी थिइन्। जवाफमा चालकले पनि ती यात्रीलाई हात फर्काए। घटना हुने समयमा बस ५१ के.मी.को स्पीडबाट चलिरहेको छ। महिलासँग विवाद पछि बस गलत लेनमा पुग्न गई ५० मिटर तल नदीमा खस्न पुग्यो।

पुलिसले यस घटनाको भिडियो सामाजिक संजालमा पोस्ट पनि गर्यो। दुई जना मानिसको शव अझै फेला पार्न सकिएको छैन। घटना यति खतरनाक थियो कि बसमा सवार कोहि पनि बच्न सफल भएनन्। हेर्नुहोस भिडियो :

प्रतिक्रिया