चिङ्गाड गाउँपालिकामा संचारसेवा अवरुद्ध, स्थानीय बासिहरुलाई सास्ती

admin
  • खगेन्द्र हमाल

सुर्खेत: बिगत दुई हप्ता अघि चट्याङ परेपछि सुर्खेतको चिङ्गाड गाउँपालिका सबै वडाहरुमा संचार सेवा अबरुद्ध भएपछि त्यहाका स्थानीय बासिहरुलाई सास्ती भोग्नु परेको छ।

सुर्खेत तथा सुर्खेत भन्दा बाहिर अध्ययनको शिलशिलामा रहेका बिध्यार्थिहरु,देश बिदेशमा रहेका दाजुभाई दिदी बहिनिहरु सङ्ग यति लामो समयसम्मा सम्पर्क बिहिन हुनु पर्दा निकै नै पिडाबोध गरेका छन।

संचारसेवा अवरुद्ध भएको यति लामो समय बितिसक्दा पनि त्यहाँका जनप्रतिनिधिहरु र सम्बन्धित सरोकारवालाले चासो नदेखाउदा हालसम्म टेलीफोन सेवा संचालन नभएको स्थानीय वासिले जानकारी दिए। संचार माध्यम आजको आधुनिक जमानामा मानिसलाई नभई नहुने अति आवस्यक साधन हो।

यसरी हप्तौं बित्दा पनि सम्बन्धित निकायले ध्यानाकर्षण नगर्दा यसबाट किसान, बिध्यार्थी , ब्यापारी लगायत बिभिन्न कार्यालयहरुमा ठुलो असर पुगेको छ।

प्रतिक्रिया