चितवन आजपनि तनावग्रस्त: रविको रिहाइको माग गर्दै प्रहरी भ्यानमा तोडफोड,अश्रुग्याँस प्रहार

शर्मिला गुरुङ

चितवन, ३२ साउन : पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा समर्थकहरुले गरेको प्रर्दशनमा झडप भएको छ । आज बिहानै देखी गरेको प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो।

रवि लामिछानेका समर्थकको भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप हुँदा हुल हटाउन प्रहरीले लाठी चार्जसँगै चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको हो ।

प्रदर्शनकारीले प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन। प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गर्दा भ्यानको अगाडिको सिसा फुटेको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागी प्रहरीले पक्राउ गरेको रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्कीलाई थप पाँज दिन थुनामा राख्न जिल्ला अदालत चितवनले शुक्रबार नै आदेश दिएको थियो ।

 

प्रतिक्रिया