चितवनमा ज्ञानेन्द्र शाही र लेनिन विष्ट माथि निर्घात कुटपिट !

मनिषा थापा

पिएनपिखबर : चितवनमा ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाही माथि कुटपिट भएको छ।

चितवनको चौबिसकोठीमा आयोजना गर्न खोजिएको कार्यक्रम शुरु हुनु अगावै उनी र अन्य अभियान्ताहरु माथि हमला भएको ‘नेपालका लागि नेपाली’ अभियानकी अभियान्ता नर्स जिता बरालले बताईन। 

कार्यक्रममा सहभागी रहेका जनमुक्ति सेनाका लेनिन विष्टलाई समेत् बाटोमै कुटपिट गरेको उनको भनाई छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  सम्वद्ध विद्यार्थीहरु तथा वाईसियलका कार्यकर्ताहरुले  कार्यक्रम विथोल्नुको साथै कुटपिट गरेको बरालको भनाई छ ।

 उक्त समूहले ज्ञानेन्द्र शाहीको व्यानरलगायतका सामग्री फाल्ने देखि उनी सवार गाडी समेत् तोडफोड गरेका छन्। शाही लगायत घाइते भएका अन्य व्यक्तिलाई चितवनको केएमसी अस्पतालमा लगिएको छ। शाहीको टाउँकोमा गहिरो चोट लागेको जिता बरालले बताइन।

भव्य प्रचार गरिएको कार्यक्रममा ज्ञानेन्द्र शाहीलगायत उनका समर्थक र केही अन्य व्यक्तिहरु सहभागी थिए । केहि दिन अघि ज्ञानेन्द्र शाहीलाई जिला प्रवेश गर्न नदिने भन्दै कतिपय जिल्लामा युवा विद्यार्थीले घोषणा नै गरेका छन् । 

 

प्रतिक्रिया