चितुवाको छालासहित एक पक्राउ

राष्ट्रिय समाचार समिति

लहान, ९ कात्तिक : चितुवाको छालासहित आज सिरहाको लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकका टोलीले लहान नगरपालिका– १ स्थित गोपाल सेवा समितिको कोठा नं ६ बाट दुई वटा चितुवाको छालासहित लहान नगरपालिका– १७ तरेगना निवासी ३७ वर्षीय शिवकुमार रामलाई पक्राउ गरेको हो ।

चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले चितुवाको छालासहित रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका राममाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया