चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

admin

काठमाडौं, १२ असोज : चीनले हुम्लाको नाम्खा गाउँपालिकाको ललुङजोङ क्षेत्र मिचेर भवन बनाएको आरोप लगाउँदै नेविसंघले सोमबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा नेविसंघका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा संलग्न नेपाली विद्यार्थिसंघका कार्यकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् । पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त हाँडीगाउँमा राखिएको प्रदर्शनमा सहभागी नेविसंघका मनिष सिम्खडाले बताए । ‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियान अन्तर्गत नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया