‘चिनियाँ नयाँ वर्ष’को विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु

शर्मिला गुरुङ

लान बाटोर, मङ्गोलिया, २८ माघ (रासस ÷सिन्ह्वा)  :  मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

नयाँ वर्ष मनाउने क्रममा फेब्रुअरी ४ देखि ८ सम्ममा ९ व्यक्ति गम्भीर घाइते भएका थिए । जथाभावी रुपमा सवारी साधान अघि बढाउनु , क्षमता भन्दा बढी व्यक्ति सवार हुनु जस्ता कारणले नै दुर्घटना भएको समाचारमा जनाइएको छ ।

यस पर्वमा मान्यजनलाई सम्मान गर्ने परम्परा पनि रहदै आएकाले आफ्ना माता पिता, हजुरबा आमा र अन्य मान्यजनसँग भेटघाट गर्न यात्रा सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ ।

प्रतिक्रिया