चिनियाँ प्रविधिले फेरी विश्वलाई बनायो चकित, तालमा ल्याण्ड गर्ने जहाजको गर्यो आविष्कार (भिडियो)

मनिषा थापा

एजेन्सी  :  चिनियाँ प्रविधिले दुनिया चकित पारिरहेको छ । कहिले कृतिम चन्द्रमाको कुरा कहिले कृतिम वर्षा गराउने प्रविधि । हाल भने उसले यस्तो प्रविधिको विकास गरेको छ जसबाट नेपाल जस्ता तालै ताल भएका मुलुकले फाइदा उठाउन सक्छन् ।

चीनले एक अत्याधुनिक विमान बनाएको छ । जसले ताल र जमिन दुवै स्थानमा ल्याण्ड गर्न सक्छ । चिनियाँ समाचार एजेन्सी सिंह्वाले दिएको जानकारी अनुसार यो विमानमो सफल परीक्षणसमेत भएको छ । जमिनको रन वेबाट ताल हुँदै उडान भर्न सक्ने र तालको रन वे हुँदै ल्याण्ड गर्न सक्ने यो विमानको सफल परीक्षण गरिएको छ ।

यो प्रविधिअनुसार यो विमानको व्यवसायीक उत्पादन हुन सके यसले नेपाल जस्ता मुलुकलाई फाइदा हुनेछ । किनभने रन वे बनाउन लाग्ने खर्च जोगिने छ र नेपालमा यस्ता ताल जता पनि छन् ।

प्रतिक्रिया