चिनियाँ राष्ट्रपति सी २ दिने भ्रमण गरी स्वदेश फर्कदै !

मनिषा थापा

भक्तपुर : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सम्पन्न भएको छ। शनिबार आएका उनको अहिले स्वदेश फर्कने तयारी भईरहेको छ। उनलाई जसरी भव्य स्वागत गरिएको थियो त्यसैगरी बिदाई पनि भव्यरुपमा गरिदैछ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा १७ समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा लगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।

दुई देशबीच भएको सहमतिमा अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ । यसको साथै विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने देखि स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने समेत् सहमति भएको छ।यसबाहेक, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ।

उनको भ्रमणलाई उत्सवको रुपमा मनाउन नेपाल सरकारले शनिवार र आज आइतबार सार्वजनिक विदा दिएको छ।

प्रतिक्रिया